डिसेम्बर 23, 2024

योनीमाथि शासन गर्ने राजनीति

 749,131 total views,  82 views today

महिलाले नै दिएको भोटको आडमा सत्तामा पुग्ने अनि त्यहि शक्तिको दुरुपयोग गर्दै उनीहरुको योनी माथी शासन जमाउने शक्ति धेरै दिन नटीक्ला । आफ्ना कार्यकर्तालाइ प्रशिक्षण दिदा यी बिषयलाइ पनी महत्वका साथ छलफल गर्दा राम्रो

“मानिस आफ्नो जैविक भौतिकता पार गर्न सक्षम हुन सक्छ तर महिला आफ्नो शारिरिकतामा समेटिएको छ” ––Simon de Beauvoir को यो भनाईलाइ आधार मानेर महिलाको शरीरमाथिको नियन्त्रणको राजनीति र नेपालमा बलत्कार माथी राजनीतीक संरक्षण सम्बन्धी केहि तथ्य सहित बिश्लेषण गर्ने कोसिस गरिएको छ ।

घटना १ ः १२ वर्षकी किशोरीलाई हजुरबा सरहका ५० वर्षे छिमेकीले घरमा कोहि पनी नभएको मौका छोपी बारम्बार बलात्कार गर्छ । केहि समयपछि ठुलो साहस बटुलेर उनले परीवार मार्फत घटना बाहिर ल्याउँछिन । बिडम्बना समाजका बुद्धिजिबि भनाउदाहरु,  दलका झन्डे, झोले र ठेकदारी कार्यकर्ताले छलफल गर्छन, उनको भोगाइको कथा बारम्बार दोहोर्याउन लगाइ स्खलित हुन्छन ।  रु. ७००० मा केश मीलाउँछन । त्यसपछि बलत्कारीलाइ बलत्कार गर्न सामाजिक लाइसेन्सले ससम्मान गर्छन । अब उनी मानसिक रुपले सामुहिक बलत्कारमा पनी पर्छिन जसलाइ कुनै पनी कानुनले अपराध भनेको छैन ।

घटना २ः केहि समय पछि सोहि लाइसेन्स प्राप्त बलत्कारी तीनै किशोरीको ८ बर्षे बहिनीमाथी जाइलाग्छ । उनले आफ्नो बहिनीलाई त्यहि मान्छेले आफुलाइ जस्तै घृणित कार्य गरेको देख्छीन, चीच्याउँछिन, कराउँछिन र फेरी मरीसकेको आसलाइ ब्युताउँदै घटना बाहिर आउँछ । फेरी तीनै झन्डे, झोले र ठेकेदारहरु जम्मा हुन्छन । यस पटक चैँ अलि लचीलो हुँदै हैन यसलाइ त कार्बाहि गर्नुपर्छ , अबदेखी यस्तो गर्ने की नगर्ने, के गर्नु उजुरी त गर्नुहुन्थ्यो नी, भोली नानीको इज्जतको पनी सवाल छ भन्दै बारम्बार आफुलाइ अधिकारकर्मी र बौद्धिक बर्गको रुपमा स्वघोषना गरीरहन्छन ।

घटना ३ः मैले फलानोलाइ बाइकमा लीफ्ट मागेँ । चीनेकै गाउँको हो । उसले एकान्तमा लगेर मलाइ जबरजस्ती मेरो स्तन छुने , गाला सुमसुम्याउन थाल्यो । मेरो भोगाइमा यो बलत्कारको आशय थियो । तर प्रतिकार गरेर म बच्न सफल भएँ । आफुलाइ परेको पीडा र अन्याय सहन नसकी समाजले मेरो यौनीमा थमाइदिएको कथित इज्जतको पनी प्रबाह नगरी परीवार र समाजमा आफ्नो कुरा राखेँ ।  झन्डे, झोले बुद्धिजिबीहरुले त मैले त्यो केटालाइ फसाउन, पैसा हात पार्न नाटक गरेको पो भन्न लागे । अझ मैले लीफ्ट माग्नुलाइनै   त्यस्तो घटना हुन गएको भन्न लागे । मेरो अरु संगपनि सम्बन्ध हुन सक्ने भन्दै अड्कल लाउन थाले ।  मँ अचम्म परेँ । कोहिसंग म सम्बन्धमा छु भने अरु कसैले पनी मलाइ बलत्कार गर्न पाउँछ ? आफुलाई इच्छा नहुदा त सम्बन्ध मा भएको ब्यक्तिले पनि मेरो इच्छा बिपरित सम्बन्ध राख्न नपाउनु पर्ने हो । यति मात्र नभएर ठाउँठाउँका सबै झोले झन्डेहरुले  पनी मलाइ केश फाइल नगर्न दबाब र धम्की दिइरहे । अगाडी त बढिरहेको छु तर राज्यशाक्तिको आडमा गरिएको मेरो शरीरमाथिको नियन्त्रणलाइ तितरबितर पार्न सक्छु की सक्दीन । न म नै उनीहरुको दबाबमा आएर केशलाइ होस्टाइल पो बनाउँछु की ? सामाजिक दबाब यतिसम्म खतरनाक हुदोरहेछ  । अनि यो पनी सोच्छु यदि उनीहरुको आफ्नै छोरी, बुहारी, श्रीमतीलाइ कसैले बलात्कार वा कोसीस गरेको भए के हुन्थ्यो होला ? हाम्रै झोले झन्डे हो भनेर छोडीदिन्थे ? के थाहा जे पनी हुन सक्थ्यो आफ्नै बाउले छोरी बलात्कार गर्ने समाजमा –एकजना प्रभावितको भनाइ

अगाडी त बढिरहेको छु तर राज्यशाक्तिको आडमा गरिएको मेरो शरीरमाथिको नियन्त्रणलाइ तितरबितर पार्न सक्छु की सक्दीन । न म नै उनीहरुको दबाबमा आएर केशलाइ होस्टाइल पो बनाउँछु की ?

घटना ४ः

एकजना महिला आफुलाइ बलत्कार भएको तर गाउँमै रु ३००० मा मीलापत्र गराएको भन्न थालिन । त्यो मीलापत्र आफुलाइ दबाबमा गर्न लगाएको, चित्त नबुझेको त्यसैले अदालती प्रकृयामा जाने भनी निर्णय गरिन । तर गाउबाट बाहिर नीस्कीसकेपछि उनलाइ नीरन्तर धम्की र दबाब स्वरुप फोन आइरह्यो । खै एक भोटमा पनी शक्ति हुदोरहेछ, त्यहि भोटले गर्दा त्यो केटालाइ संरक्षण गर्न ठुलाठालु लागिपरेका छन –उनको भनाइ ) केहि दिनपछी हल्ला सुनीयो पैसामा मिल्यो रे । अनी चीया गफ हुन लाग्यो , त्यही आइमाइ नै त्यस्ति, नत्र पैसामा मिल्थी त ? धन्न पुरुष हिंसा भएन ।

यी त केहि प्रतिनीधि पात्र मात्रै हुन । जुन घटना गर्भमै तुहाइयो अथबा तुहाउने क्रममा छ । राजनीतिक शक्ति र एक भोटले महिलाको यौनी र यौनीकता माथी नियन्त्रण गरीएको यी ज्वलन्त उदाहरण हुन । तथ्याकंले गत चैत्र यता १२२१ वटा बलत्कारको घटना दर्ता भएको देखाउँछ ।  तर राजनीतीक दवाबमा माथी उल्लेखीत जस्ता घटनाहरु दर्ता नहुँदै दबाइन्छ  जसको कुनै तथ्याङ्क छैन ।

किन हुन्छ यस्तो ?

महिलाको शरीरमाथि पीतृसत्ताको नियन्त्रण छ । पीतृसत्ताको प्रमुख हिमायती शासनसत्ता हो । उसले सामाजिक नीति नीयम बनाउछ, महिलालाको परीचय बनाउँछ, भोग्य वस्तुको रुपमा प्राकृतिकीकरण गर्दै आफुले भोग्न पाउने अधिकारको संस्कृति निर्माण गर्छ र उसको इज्जत र कमजोरी पक्ष भन्दै योनीमा लगेर थन्क्याइदिन्छ । यस्ता संस्कारहरुको जगेर्ना गर्न महिलालाइ पनी परीचालन गरीन्छ । यो गर्न जरुरी पनी देख्छ राज्यले कीनभने आफुले सासन गर्न उसैले शासीत बर्गलाइ पनी बचाइराख्नुपर्छ । र यो बर्गलाइ एकताबद्ध हुन नदिन त्यहि भित्र पनी आफ्नो अनुकुलतामा एउटा समुहलाइ मीनी शासक बनाउँछ । त्यसको ज्वलन्त उदाहरण आफुलाइ अधिकारर्की भन्न लाज नमान्नेहरु पनी पीडकको पक्षामा खुल्लमखुल्ला वकालत गर्दै हिँड्ने र प्रभावितको चरीत्र र आचरणमा प्रस्न गर्ने गरेको देखीन्छ । 

शासनसत्ताले आफुलाइ टीकाइराख्न दल र कार्यकर्तालाइ परीचालन गरेको छ । हेर्दा के हो के जस्तो लाग्छ । तर बिचार गरौँ पीतृसत्ताले आफ्नो शासनसत्ता कायम नै गर्न महिलाको शरीर अझ भनौ उसको योनीलाइ नियन्त्रण मै राखीराख्ने हो । त्यो नियन्त्रीत हुन सकेन भने उसको वंश कायम हुदैन, उसले आफ्नो सम्पती ठानेको महिलाको शरीरलाइ भोगचलन गर्न पाएन भने उसको इगो हर्ट हुन्छ । त्यसैले बारम्बार आफ्नो पुरुषार्थको पुष्टि गर्न उ लागिपर्छ । यो पुष्टि गर्ने क्रममा फेरी जाती, वर्ग र क्षेत्रको  आधारमा पनी कुन महिलाको शरीरमाथी कतीको शक्ति प्रयोग गर्ने भन्ने पनी निर्धारण हुने रहेछ ।

शासनसत्ताले आफुलाइ टीकाइराख्न दल र कार्यकर्तालाइ परीचालन गरेको छ । हेर्दा के हो के जस्तो लाग्छ । तर बिचार गरौ पीतृसत्ताले आफ्नो शासनसत्ता कायम नै गर्न महिलाको शरीर अझ भनौ उसको योनीलाइ नियन्त्रण मै राखीराखेको हो

कार्यकर्ताहरुले किन यस्तो घटनालाइ बाहिर आउन खोज्दा हस्तक्ष्ोप गर्छन ? प्रत्येक ब्यक्तिलाइ स्वतन्त्र रुपमा न्यायीक प्रकृया छनौट गर्ने अधिकार छ । तर शक्तिको आडमा कसैलाइ संरक्षण गर्ने र कसैको अधिकार हनन गर्ने अधिकार हामीलाइ कसले दियो ? मानीस आफ्नो बिज्ञ स्वयम आफै हुन्छ  । उसको भोगाइ कस्तो थियो, मीठो थियो की हिंसात्मक भन्ने पनी उसको आफ्नै महसुस हो । त्यसैले एक भोटको लागि, अथबा आफ्नो स्वार्थ पुर्तीका लागि राजनीतीक शक्तिको आडमा बलात्कार र अन्य यौन हिंसा जस्तो जघन्य अपराधमा कसरी पीडकको पक्षामा बोल्न सकीन्छ ? घटना साँच्चै घटेको हो अथवा बनिबनाउ भन्ने कोरो त प्रहरीको अनुसन्धानको आधारमा अदालतले नीर्णय गर्ने बिषय हो । तर अनुसन्धानलाइ नै अप्ठेरो बनाउने, घटना बाहिर नै नीस्कन नदिनेहरुले एकपटक आँखा चीम्म गरेर सोच्नुपर्छ त्यो महिलाको ठाउँमा आफ्नो सबैभन्दा प्रिय पात्र भएको भए के हुन्थ्यो । अझ जनप्रतिनीधिहरुले त जनताले तिरेको करबाट आफ्नो तलब खाएर, चुनाव मार्फत, आश्वासन दिएर जनमत लीएर यस्ता हर्कतमा संलग्न हुनु, मीलापत्र गराउनु भनेको त झन ठुलो अपराध हो, दण्डहिनताको अवस्था पनी हो ।

सबै राजनीतीक दलका नेतृत्व पंतीलाइ प्रश्न, के यस्तै हर्कत गर्दै अर्को चुनावमा पनी महिलाको अगाडि उपस्थीत भइ भोट माग्न सक्नुहुन्छ ? की अबको चुनाबमा महिलाको भोटको आवश्यकता छैन ? आफ्नो घोषणा पत्र हेर्नुस र तपाई र तपाईका कार्यकर्ताहरुले पीडककै पक्षमा बोल्ने र काम गर्ने हो भने पनी जनतालाइ लीखीत रुपमा जानकारी गरनउनुस । महिलाले नै दिएको भोटको आडमा सत्तामा पुग्ने अनि त्यहि शक्तिको दुरुपयोग गर्दै उनीहरुको यौनी माथी शासन जमाउने शक्ति धेरै दिन नटीक्ला । आफ्ना कार्यकर्तालाइ प्रसीक्षण दिदा यी बिषयलाइ पनी महत्वका साथ छलफल गर्दा राम्रो ।  नभए त बिनास काले बिपरीत बुद्धि ।

सुनिता मैनाली- महिलाबादि अभियन्ता