Site icon States Khabar

पांच वर्षीय शालोलाई बलत्कार गर्ने भेना राम बहादुर सदालाई दुइ मुद्दा लागाउने प्रहरीको तैयारी

जनकपुरधाम, असोज १८ गते ।

धनुषामा सालोलाई करणी गरी हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन बस्ने २२ वर्षीय भिनाजु राम बहादुर सदा पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । गत बिहिबार दिउँसो करिब १२ बजेदेखि हराएपश्चात खोजतलास गर्दा शुक्रवार दिउँसो करिब डेढ बजेको समयमा किशानपुर स्थित रहेको कृषी ईट्टा उद्योगको परिसर भित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा शव फेला परेको थियो । घटना पश्चात ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले मृतकको लाशको मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २२ वर्षीय भिनाजुलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मिश्रले बताए । प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नातामा पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाई सँगै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन करणी गरि रहेको अवस्थामा बालक बेहोस भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसी कर्तव्य गरी मारेको खुलेको प्रवक्ता मिश्रले बताए । रामबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनलाई दुइ ओटा मुद्दा लगाउने तैयारी धनुषा प्रहरी अनुशंधान अगाडि बढाएको छ ।

Exit mobile version