749,456 total views, 407 views today
जनकपुरधाम , असोज १८ गते ।
प्रदेश २ मा शनिबार थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट एक जनाको मृत्यु समेत भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगंज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ९ महिला र ४८ पुरुष गरी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
प्रदेशमा बारामा सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। जिल्लामा ५ महिला र १४ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ भन्ने पर्सामा ३ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको छ।
धनुषामा ९ जना, सिरहामा ६ जना तथा रौतहटमा ४ जनामा संक्रमण पुष्टि भएको छ।शनिवार सप्तरीमा ३ जनामा र अन्य प्रदेशका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।
शनिबार ४ महिला र ४३ पुरुष गरी ४७ जना निको भएर घर फर्केका छन्। योसँगै प्रदेश २ मा संक्रमण जितेर घर फर्कनेको संख्या ११ हजार २४ पुगेको छ।संक्रमणबाट प्रदेश २ मा थप एक जनाको मृत्यु भएको छ। सप्तरी तिलाठी कोलाडी गाउँपालिका ५ बनरझुलाका ६८ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको संख्या १३८ पुगेको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान