डिसेम्बर 23, 2024

नेप्से बिहीबार २० अंकले बढ्यो

 749,340 total views,  291 views today

अघिल्लो सातादेखि लगातार उकालो लागिरहेको जलविद्युत् कम्पनीहरूको सेयर मूल्य बढ्ने क्रम बिहीबार थामिएको छ । बुधबार १३ सय १७ विन्दुसम्म पुगेको जलविद्युत्को सूचक बिहीबार २४.७६ अंक घटेर १२ सय ९२ विन्दुमा ओर्लिएको छ ।

 बिहीबार सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी र विकास बैंकको सेयर मूल्य बढेको छ ।यसले लगानीकर्ताहरू जलविद्युत्को सेयरमा नाफा गरेर अरू नै समूहतिर मोडिएको संकेत देखिन्छ । निर्जीवन बिमा ४.३१ प्रतिशत र विकास बैंक ३.४८ प्रतिशतले बढेका छन् । यी दुईबाहेक आठ समूहको सूचकसमेत बढ्दा समग्र सेयर बजार नै उकालो लागेको छ ।

लगातार तीन दिन घटेको सेयर बजार चौथो दिन २०.६१ अंकले बढेर १५ सय ७१.०४ विन्दुमा पुगेको छ । बुधबार १ अर्ब ९५ करोडबराबरको सेयर कारोबार भएको थियो ।बिहीबार १ सय ९३ वटा कम्पनीका ९८ लाख ८४ हजार ८२६ कित्ता सेयरको २ अर्ब ७९ करोड ५ लाख भन्दा बढी कारोबार भएको छ ।  गत आवको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेपछि बैंक अफ काठमान्डुको सेयर सबैभन्दा बढी १४ करोड ७० लाखको कारोबार भएको छ ।बिहीबार सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत र कामना सेवा विकास बैंकको ९.६२ प्रतिशत बढेको छ । माउन्टेन हाइड्रोको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।